दाङ : बैंक तथा वित्तीय संस्थाहरूले गरेको चर्को ब्याजदर वृद्धिको विरोधमा दाङ जिल्लाका उद्योगी व्यवसायी आन्दोलित भएका छन्।बैंकहरूले वृद्धि गरेको चर्को ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालय दाङमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।आइतबार दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा प्रधानमन्त्रीको कार्यालय, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, अर्थ मन्त्रालय लगायतका निकायमा ज्ञापन पत्र पेश गरेको हो। सो अवसरमा दाङ उद्योग वाणिज्य संघ