काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन आवश्यक रहेको बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल संवत न्हूँद विषय विद्वत्गोष्ठीमा उनले यस्तो बताएका हुन्।मन्त्री श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन राष्ट्रिय स्तरमा नै काम गर्न आवश्यक रहेको पनि बताए। उनले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति समारोह गर्नका लागि मात्रै गठन भएको