म्याग्दी – बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र रहेको बेनी नगरपालिका–९ घतानस्थित ऐतिहासिक ढोलथान ओझेलमा छ । विसं १६३१ देखि तत्कालीन राजाहरू हिउँदका चार महिना बेनी र अरु आठ महिना ढोलथानमा बसेर पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा बिलय भएको समय अर्थात् विसं १८४३ सम्म ढोलथानमा राज्यको राजधानीको रूपमा […]
मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो पिकअप दुर्घटनामा परेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौँको […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा भएको निर्वाचनको मतगणना केहीबेर अघि सुरु भएको हो । अबको करिब एक घन्टामा मतगणना सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राससलाई जानकारी दिए । जिल्ला सभापतिसहित पदाधिकारीका सबै पदमा निर्वाचन भएको छ […]