फुडमाण्डुले माग्यो १५० जना डेलिभरी राइडर, यसरी दिनुहोस् आवेदन

नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले १५० जना डेलिभरी राइडर मागेको छ । फुडमाण्डुले पार्ट टाइम वा फुल टाइमको रूपमा काम गर्ने गरी १५० जना डेलिभरी राइडर माग गरेको हो ।  डेलिभरी राइडरसँग ड्राइभिङ लाइसेन्ससहित २ पांग्रे सवारी साधन, एन्ड्रोइड मोबाइल फोन, काठमाडौं तथा ललितपुरका क्षेत्रसँग परिचित र एसएलसी वा उच्च डिग्री शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ...