गोठाटारमा तीन हजार छाडा गाईबाच्छा संरक्षण गरिँदै

काठमाडौं । बन्दाबन्दीका बेला सडकमा छोडिएका तीन हजार गाईबाच्छा राख्नका लागि गोठाटारमा अस्थायी टहरा निर्माण सुरु भएको छ । पशुपति क्षेत्र विकास कोष, छाडा गाईबाच्छा संरक्षण अभियानलगायत संस्थाको सक्रियतामा चैत २६ गतेदेखि उपत्यकाका नगर क्षेत्रमा छाडा …

सम्बन्धित सामग्री

गाईबाच्छा संरक्षणका लागि देउसीभैलो

गाईबाच्छा संरक्षण लागि खेलिएको देउसीभैलोबाट २ लाख ४४ हजार ३ सय १६ सङ्कलन भएको छ।

बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट एकलाख ७५ हजार संकलन

२१ कात्तिक,  काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका लागि सहयोग स्वरूप लागि एक लाख ७५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । तिहारका अवसरमा देउसी भैलो खेली सहयोग रकम जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए । गाईबाच्छा संरक्षणस्थलमै भएको देउसी भैलो कार्यक्रममा करिब […]

बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट रु एकलाख ७५ हजार सहयोग

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका सहयोगस्वरूप लागि रु एक लाख ७५ हजार उपलब्ध गराइएको छ । तिहारका अवसरमा देउसी भैलो खेली सहयोग रकम जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले बताए । गाईबाच्छा संरक्षणस्थलमै भएको देउसी भैलो कार्यक्रममा करिब २०० भन्दा बढी मानिसको सहभागिता थियो ।  गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा, गोकर्ण

असहाय गाईबाच्छालाई सहयोग गर्नेको सङ्ख्या बढ्दै

जन्मदिनका अवसरमा असहाय गाईबाच्छा संरक्षण अभियानलाई सहयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ । अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी कुनास्थित वाग्मती नदी किनार र कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा सडकमा छोडिएका गाईबाच्छ जम्मा गरी संरक्षण गर्दै आएको छ ।     अभियानलाई गोकर्णेश्वर नगरपालिका–८ बेँशीगाउँ निवासी समाजसेवी दीपकसिंह भण्डारीले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय गाईबाच्छालाई रु पाँच हजार सहयोग गर्नुभएको छ । असहाय गाईबाच्छा संरक्षण अभियानमा सबैको सहयोग हुनुपर्ने लागेर आफू संरक्षण स्थल पुगी थोरै भएपनि सहयोग गरेको उहाँले सुनाउनुभयो ।          गोकर्णेश्वर नगरपालिका–४ मा बसोवास गर्ने नेपाल मेडिकल कलेज, जोरपाटी कर्मचारी युनियनका अध्यक्ष किरण केसीले पनि जन्मदिनको अवसरमा गाईबाच्छालाई खुवाउन खाद्यान्नको लागि नगद रु पाँच हजार सहयोग गर्नुभएको छ । उहाँहरु मात्र होइन, आजभोलि जन्मदिनका अवसरमा असहाय गाईबाच्छालाई सहयोग गर्नेको भीड लाग्ने गरेको छ ।          काँठ क्षेत्रमा गाई पाल्नेले बाच्छा जन्मिएको एक महिना पनि नबित्दै सडक, मठमन्दिर, सार्वजनिकस्थल, नदी किनारलगायत स्थानमा लगी छोड्ने गरेका छन् । गाई पनि बुढा भएपछि यसैगरी छाडिने गरेको छ । संविधानमा राष्ट्रिय जनावरको मान्यता दिइएको गाईको यो अवस्था हुँदा पनि सरोकारवाला निकाय मौन रहेकाले नागरिकस्तरबाट अभियान शुरु गरिएको संयोजक उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।