वीरगञ्जमा अदालतको सेवा कटौती

१३ माघ, वीरगञ्ज । पाँच न्यायाधीश र २३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सेवा प्रवाहमा कटौती गरेको छ । माघ ६ गतेदेखि जारी सेवा संकुचन १४ गतेसम्म जारी रहने निमित्त रजिष्ट्रार भेषराज पौडेलले बताए । बन्दी प्रत्यक्षीकरणको निवेदन नियमित सुनुवाई गर्ने, अन्तरिम आदेशको छलफलसम्बन्धी काम गर्ने, एकल इजलासबाट हेर्ने […]

सम्बन्धित सामग्री

काठमाडौं जिल्ला अदालतको सेवा कटौती

काठमाडौं जिल्ला अदालतले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गर्ने निर्णय गरेको छ । बुधबार बसेको अदालतको पूर्ण बैठकले ६ माघ बिहीबारदेखि १८ माघ मंगलबारसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको हो । ३० जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र सर्वोच्च अदालतको ४ माघको पूर्ण बैठकले सेवा कटौती गर्ने निर्णय गरेको भन्दै काठमाडौं जिल्ला अदालतले पनि १८ माघसम्म सेवा कटौती गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको सेवा आजदेखि संकुचित, कुन कुन विषय सुनुवाइ हुन्छ?

काठमाडौँ – कोरोना भाइरसको संक्रमण फेरि तीव्र गतिमा बढ्दै गएपछि सर्वोच्च अदालतले सेवा कटौती गरेको छ। सर्वोच्च अदालतमा बुधबारदेखि अत्यन्त जरुरी प्रकृतिका मुद्दामा मात्रै सुनुवाइ हुने भएको हो। बन्दी प्रत्यक्षीकरण तथा कोभिड–१९ महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका रिट निवेदनसहितका सेवामात्रै सर्वोच्चले प्रदान गर्ने भएको हो। मंगलबार बसेको फुलकोर्टको बैठकले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम […]