कांग्रेसको हिसाबमा जसपाको १० सिटको अड्को

पाँच दलीय सत्ता गठबन्धन समानुपातिकतर्फको बन्दसूची पेस गर्नअघि प्रत्यक्षतर्फ सिट बाँडफाँट गर्न असफल भएको छ । मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक आगामी असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।मंगलबारको बैठकपछि जसपाका नेता मनिष सुमनले भने, 'समानुपातिकतर्फको बन्दसूची तयार आन्तरिक गृहकार्य गर्न असोज ४ गतेसम्मका लागि गठबन्धन बैठक स्थगित भएको छ । यो चार दिन आ आफ्नो पार्टीमा आन्तरिक तयार हुन्छ । समानुपातिकको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा पेस भएपछि