भानु जयन्तीमा राष्ट्रियस्तरको कविता प्रतियोगिता हुने

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता आयोजना गरिने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आचार्यको जन्मजयन्तीका अवसरमा खुला कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।समितिले भानुभक्तको जन्मजयन्ती तीन दिन विविध कार्यक्रमका साथ मनाउँदैछ । सोही क्रममा खुला कविता प्रतियोगिता गर्न लागिएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेला

सम्बन्धित सामग्री

भानुभक्तको जन्म जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता हुने

काठमाडौँ,२१ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय नवौँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागेको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको हो । कविता पठाउने अन्तिम दिन सोमबारसम्म सो […]

भानुभक्त जयन्तीमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता

तनहुँ  । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरी राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीमा राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता गर्ने जनाएको छ । आदिकवि भानुभक्तको जन्मस्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेकोले राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगितामार्फत् प्रचारप्रसार गर्ने उद्देश्यले असार […]