गोरखा प्रहरीले बनायो आन्तरिक कल्याणकारी कोष - प्रोत्साहन रकम 'जुनियर' प्रहरीको हितमा खर्च

गाेरखा – जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न निकायबाट प्राप्त हुने प्रोत्साहन रकम जुनियर तहका प्रहरी कर्मचारीको हितमा खर्च गर्न थालेको छ ।फरार अभियुक्त पक्राउ गरेबापत जिल्ला अदालतबाट र ढुङ्गा, गिटी, बालुवाको अवैध ओसारपसार रोकेबापत पालिकाबाट प्राप्त हुने रकम कल्याणकारी कोषमा जम्मा गर्न थालिएको हो । कोषको रकम जुनियर प्रहरी कर्मचारीको हित हुने खालका काममा खर्च गर्न थालिएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले बताउनुभयो ।‘कोषमा जम्मा भएको रकम कुन काममा खर्च गर्ने भन्ने निर्णयका लागि डीएसपीकाे ...