युक्रेनको बोर्डर गार्ड सर्भिस (डिपिएसयू) ले तस्बिर जारी गरेर रुससका सैनिक वाहन दक्षिण युक्रेनमा प्रवेश गरेको दाबी गरेका छन् । तस्बिरको माध्यमले डिपिएसयूले रुसी सैनिक वाहन क्राइमिया प्रायद्वीपमा घुसेका बताएका छन् । रुसले सन् २०१४ मा क्राइमियामा आफ्नो नियन्त्रण हासिल गरेको थियो ।डिपिएसयूको दाबी अनुसार दक्षिण युक्रेनमा प्रवेश अघि रुसी सैनिकले गोलीबारी गरे । युक्रेनले रुसको सैनिक टुकडी देशका पूर्वी र उत्तरी इलाकामा पनि घुसेको बताएको छ । युक्रेनका अनुसार उत्तरमा बेलारुसबाट रुसी सैनिक युक्रेनमा