सत्ता साझेदार दल नेकपा औएकीकृत समाजवादीओ को बिहीबार बसेको सचिवालय बैठकले सातै प्रदेशको सांगठानिक अवस्थाको रिपोर्टिङ गर्न अनुगमन टोली गठन गरेको छ।
जसअनुरुप प्रदेश १ मा प्रमेश हमाल, मधेसमा जगन्नाथ खतिवडा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णाली प्रदेशमा डा वेदुराम भुषाल र सुदूरपश्चिममा रामचन्द्र झालाई अनुगमन टोलीको जिम्मेवारी दिइएको छ। प्रचार विभागप्रमुख जगन्नाथ खतिवडाका अनुसार सातै टोलीले पार्टीको सांगठनिक अवस्थाको विवरण केन्द्रमा गर्नेछन्।