बजेट अभावले रोकिएको भरौल खानेपानी आयोजनाई पूर्णता दिन मन्त्रीको ध्यानाकर्षण

धरान । भरौल खानेपानीलाई बजेट विनियोजनका लागि खानेपानीमन्त्री राजेन्द्रकुमार राईलाई ध्यानाकर्षण गराइएको छ । कोशीका सांसद विजयकुमार राई नेतृत्वमा एक टोलीले शुक्रबार मन्त्री राईलाई भेटेर बराहक्षेत्र नगरपालिका- ३, ४ र ५ मा सञ्चालित यो आयोजना आर्थिक अभावकै कारण प्रभावित भएकाले आगामी बजेटमा समावेशका लागि अनुरोध गरेको हो । २१ करोड २९ लाख ९८ हजार ९ […]

सम्बन्धित सामग्री

बजेट अभाव हुँदा खानेपानी आयोजना अलपत्र

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा पाँच वर्षदेखि निर्माण सञ्चालन गरिएको खानेपानी आयोजना बजेट अभाव हुँदा सम्पन्न हुन सकेको छैन । खानेपानी आयोजना निर्माण अधुरो हुँदा स्थानीय असुरक्षित हेण्डपम्पको पानी पिउने बाध्य भएका छन् ।गर्जमुनि खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष दीपेन्द्रकुमार भण्डारीले आयोजना निर्माण गर्न खानेपानी डिभिजन कार्यालय कैलालीबाट चार वर्षअघि...

बजेट अभाव हुँदा खानेपानी आयोजना अलपत्र

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा पाँच वर्षदेखि निर्माण सञ्चालन गरिएको खानेपानी आयोजना बजेट अभाव हुँदा सम्पन्न हुन सकेको छैन । खानेपानी आयोजना निर्माण अधुरो हुँदा स्थानीय असुरक्षित हेण्डपम्पको पानी पिउने बाध्य भएका छन् ।गर्जमुनि खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष दीपेन्द्रकुमार भण्डारीले आयोजना निर्माण गर्न खानेपानी डिभिजन कार्यालय कैलालीबाट चार वर्षअघि...

१५ करोडको खानेपानी आयोजना : ३ वर्षमा ३ करोड मात्र खर्च !

फागुन २८, पर्वत । पर्वतको एक गाउँमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजनाको कामले गति लिन सकेको छैन ।  जिल्लाको फलेवास नगरपालिका– ३ शंकरपोखरीमा ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्यसहित २०७४ फागुन महीनाबाट शुरु भएको लमाएखोला बृहत लिफ्ट खानेपानी आयोजनाले लक्ष्य अनुसार काम गर्न नसकेको हो । उक्त आयोजनाको कुल लागत १५ करोड रुपैयाँ भएपनि उपभोक्ता समितिले तीन वर्षको अवधिमा जम्मा ३ करोड रुपैयाँको मात्रै काम गरेको छ ।  आयोजनाले १ हजार ५० घरमा खानेपानीको धारा पुर्‍याउने लक्ष्य राखेको छ । उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमार्फत आयोजनाको काम अगाडी बढेको हो । मन्त्रालयले आवश्यक बजेटको सुनिश्चितता नगरिदिंदा र पटकपटक डिजाईन परिवर्तन गरिदिंदा कामले गति लिन नसकेको उनले बताए ।  उनले भने,‘ काम अनुसार मन्त्रालयले खुरुखुरु भुक्तानी दिए समस्या हुने थिएन ।’ मन्त्रालयमा सचिव र इञ्जिनीयर फेरिएपिच्छे आयोजनाको स्टिमेट फेरिदिने समस्या रहेको उनले सुनाए ।  उपभोक्ता समितिका अनुसार लमाएखोलाबाट लिमीकोटसम्म १ हजार ५०० मिटर माथिसम्म पानी तानेर गाउँमा वितरण गर्ने  लक्ष्य छ । लिमीकोटमा २ लाख लिटरको मुख्य रिजर्भवेयर टंकी, भूमेकोटमा १ लाख लिटर, थुमगाउँमा ६० हजार लिटर, भीरवारीमा ६० हजार लिटरको टं्याकी निर्माण भइसकेको छ । जिल्लाको सवैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाको रुपमा रहेको यो आयोजनाको काम  दुई वर्षमै सक्ने योजना अनुरुपा तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका थिए । तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधवार अनुगमनमा आएका गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने प्रतिबद्धता गरेका छन् । उनले उपभोक्ता समिति र ठेकेदार कम्पनीले कुनै बाहना नगरी काम सक्न पनि निर्देशन दिए ।  आयोजनाको काममा कुनै बाधा भएमा मन्त्रालय समाधान गर्न तयार रहेको श्रेष्ठले बताएपछि उपभोक्ता समिति यहि चैत महीासम्ममा आयोजनाको काम सक्न तयार भएको छ । सिनियर डिभिजनल इञ्जिनीयर प्रेम डोटेलले उपभोक्ता समिति र ठेकेदार कम्पनीले जति सक्दो धेरै काम गरे बजेटको निकासामा मन्त्रालयले कुनै बाधा नपुर्‍याउने गरि निर्देशन दिइएको जानकारी दिए ।  उनले स्थानीय तहको चुनाव अगाडी नै प्रदेश भरिका रुग्ण र अलपत्र परेका आयोजनाको काम सक्न ताकेता गरिरहेको पनि जानकारी दिएका छन् ।