निर्माण सामग्रीको मूल्यवृद्धिप्रति निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण

निर्माण व्यवसायी महासंघले इन्धन र अन्य निर्माण सामग्रीको भारी मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गर्दै नेपाल सरकारलाई तत्काल कदम चाल्न अनुरोध गरेको छ। महासंघले जनाएको छ कि मध्यपूर्व र पश्चिम एशियामा देखिएको युद्धको प्रभावले नेपाल आयल निगमबाट डिजेल, पेट्रोल, मट्टितेल, एलपीजी ग्याँस लगायत निर्माण क्षेत्रमा अत्यधिक प्रयोग हुने इन्धन सामग्रीहरूमा २०८२÷१२÷०२ गतेदेखि भारी मूल्यवृद्धि भएको छ। […]