निषेधाज्ञामा सदरमुकाम खलंगालगायतका व्यापारिक केन्द्रमा बिहान २ घण्टा मात्र खुला भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल लिनेको भीड लाग्न थालेको छ । २१ गतेदेखि कम्पनीले २० प्रतिशत छुटमा चामल बिक्री गर्न थालेपछि खाद्यान्न लिनेको घुइँचो लाग्न थालेको हो ।