राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभाको चुनावमा दलहरुबीच हुने ध्रुवीकरणले राष्ट्रवादी शक्ति एकताबद्व हुने बताएका छन्। पार्टीले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई दलहरुको ध्रुवीकरणले न्यूनीकरण गर्ने र राष्ट्रियताको संरक्षण हुने बताए। आफ्नो दलले पनि वैचारिक दृष्टिकोणले निकट रहेका अन्य दलसँग सहकार्य र…