काठमाडौं । सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेडका अध्यक्ष रामाआधार कापरको राजीनामा स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी गराए । त्यस्तै संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको । सरकारले अमेरिकी सरकारबाट […]