नहोस् करदाताप्रति बेइमानी

प्रतिनिधिसभाको निर्वाचनपछि ८० दिन चलेको अधिवेशनमा जम्मा तीनओटा विधेयक संसद््मा पेश भएका छन् । संसद्को मुख्य काम नै मुलुक सञ्चालनका लागि आवश्यक पर्ने ऐन निर्माण गर्नु हो र बनेको ऐनमा समसामयिक संशोधन गर्नु हो । तर, करदाताको रकमबाट विभिन्न शीर्षकमा भत्ता खाने अनि मुख्य कामचाहिँ नगर्ने हो भने मुलुक र करदाताप्रति बेइमानी हुन्छ । जनप्रतिनिधि भएर पनि सांसदहरूले आफ्नो कर्तव्यप्रति इमानदार नहुँदा सिंगो देशले असर भोगिरहनु परेको छ । तैपनि करदाता जनताप्रति बेइमानी गरेको बोध सांसदहरूले गर्न सकेको देखिँदैन । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यका लागि दैनिक ८ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । सांसदहरूले पाउने मासिक पारिश्रमिक, विशेष भत्ता र सञ्चार खर्च यसमा पर्छ । यसबाहेक संसद्को बैठक बसेको दिन भत्ता, यातायात खर्च पाउँछन् । उनीहरूले आवासभत्ता पनि पाउँछन् । यी सबै शीर्षकको रकम जोड्ने हो भने सांसदहरूका लागि ठूलो परिमाणमा राज्य कोषबाट खर्च भइरहेको छ । राज्य कोषको रकम भनेको जनताले तिरेको करको रकम हो । यसरी जनताले तिरेको करबाट अनेक सुविधा लिए पनि मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न आवश्यक कैयौं विधेयक जुन संसद्मा दर्ता भई अलपत्र परिरहेका छन्, तिनलाई पारित गर्न चासो देखाएको पाइँदैन । जुन कामका लागि संसद्को गठन गरिएको हो त्यसको काम र भूमिका बारे नै कतिपय सांसद बेखबरजस्ता देखिन्छन् । मुलुकको अर्थतन्त्र बिस्तार, औद्योगिक र लगानी वातावरण बनाउन थुप्रै कानून पारित गर्न ढिला भइरहेको छ । त्यही कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक भएर पनि आउन सकेका छैनन् । शिक्षादेखि सामान्य प्रशासनसम्मको परिवर्तनका लागि थुप्रै विधेयक पारित नहुँदा मुलुकका धेरै क्षेत्रमा सुधार आउन सकेको छैन । तर, सांसदहरू विकासे कार्यकर्ता जस्तो बनेर आफ्नो क्षेत्रमा बजेट पार्न मरिहत्ते गर्नमा मात्रै बढी केन्द्रित रहेको देखिन्छ । सरकार सञ्चालनका लागि आवश्यक पर्ने विधेयकहरू सरकारले नै संसद्मा टेबुल गर्ने हो । मन्त्रालयहरूले मस्यौदा तयार पारी कानून मन्त्रालयबाट सहमति लिएर संसद्मा विधेयक दर्ता हुन्छ । तर, अघिल्ला सरकारहरूले दर्ता गराएका कतिपय विधेयक पारित हुने प्रक्रियामा अगाडि बढेको पाइँदैन । संसदीय समितिहरूमा दफावार छलफल हुन्छ । ती छलफलमा सांसदहरूले दफा दफा केलाएर परिपक्व कानून बनाउनुपर्ने हो । सांसदहरूको ध्यान यसमा नजाँदा छिद्रै छिद्र भएका कानूनहरू बनेका छन् । जनप्रतिनिधि भएर पनि सांसदहरूले आफ्नो कर्तव्यप्रति इमानदार नहुँदा सिंगो देशले असर भोगिरहनु परेको छ । तैपनि करदाता जनताप्रति बेइमानी गरेको बोध सांसदहरूले गर्न सकेको देखिँदैन । सरकारले विधेयक टेबल नगरे गैरसरकारी विधेयकका रूपमा सांसदहरू आफैले पनि विधेयक प्रस्तुत गर्न सक्छन् । तर, सांसदहरूबाट यस्तो भएको पाइँदैन । विगतका संसद्को अधिवेशन हेर्दा गाँजा व्यवस्थापनका लागि मात्र गैरसरकारी विधेयक दर्ता भएको पाइन्छ । त्यो विधेयक दर्ता भएको पनि वर्षौं भइसकेको छ तर पारित गर्न संसद्ले चासो दिएको छैन । यो विधेयक दर्ता भएपछि कतिपय देशले गाँजामाथिको प्रतिबन्ध खुकुलो बनाएर अर्थतन्त्रलाई निकै विस्तार गरिसकेका छन् । नेपालमा भने सम्भावना बोकेको गाँजालाई खुला गर्ने विषयमा कुनै पनि काम अघि बढेको छैन । यो अधिवेशन चाँडै अन्त्य गर्नुपर्ने बेला आइसकेको छ किनभने अब बजेट अधिवेशन शुरू गर्न ढिला हुन्छ । बजेट अधिवेशन र विधेयक अधिवेशन गरी वर्षको दुईपटक संसद् अधिवेशन चल्ने गरेको छ । तर, संसद्मा हुने छलफलमा न सांसदहरूको उपस्थिति उत्साहजनक देखिन्छ न मन्त्रीहरूकै । संसद्मा गएर हाजीर गर्ने अनि भत्ता बुझ्ने काम मात्रै गर्ने पनि कैयौं सांसद् छन् । तिनले पार्टीको ह्वीपअनुसार मत हाल्नेबाहेक केही काम गरेको देखिँदैन । ऐन कानून बनाउने थलोमा भइरहेको यस्तो लापर्बाहीले मुलुकलाई निकै पछाडि धकेलेको छ । त्यसैले संसद्ले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । यसकै लागि महँगो भए पनि लोकतान्त्रिक प्रणालीअनुसार संसद्को गठन गरिएको हो भन्ने कुरा जनप्रतिनिधिले बिर्सनु हुँदैन । 

सम्बन्धित सामग्री

माओवादीले राजनीतिक बेइमानी गर्‍यो : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।पोखरामा आयोजित साहित्य महोत्सवमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्। कांग्रेसतर्फबाट कमजोरी र माओवादीबाट बेइमानी भएको उनले बताएका छन् । उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा उहाँ त नेपाली कांग्रेसका मतदाताको पनि सांसद हो। त्यो […]

सरकारले देशप्रति बेइमानी गर्‍योः डा. भीम रावल

काठमाडौँ – एमाले नेता डा. भीम रावलले सरकार संविधानमा उल्लिखित कानुनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको बताएका छन्। नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हितमा नरहेको उल्लेख गर्दै यो संविधानविपरीत भएको बताएका हुन्। काठमाडौँमा बुधबार नेपाली चलचित्र काँडेतारबारे जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक देशमा विवाह हुनेबित्तिकै कोही […]

गठबन्धनलाई भोट नदिनु बेइमानी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताउनुभएको छ ।काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट नदिएर तलमाथि गर्नु नहुने बताएका हुन् । उनले गठबन्धनलाई भोट नदिनु बेइमानी भएको बताए । गठबन्धनका उम्मेदवारहरूलाई जनमोर्चाले इमान्दारीतापूर्वक सहयोग गर्ने उल्लेख गर्दै उनले आफ्ना उम्मेदवार भएको ठाउँमा पनि […]

गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु हो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट नदिएर तलमाथि गर्नु नहुने बताउनुभएको हो । उहाँले गठबन्धनलाई भोट नदिनु बेइमानी भएको बताउनुभयो । गठबन्धनका उम्मेदवारहरुलाई जनमोर्चाले इमान्दारीतापूर्वक सहयोग गर्ने उल्लेख गर्दै उहाँले आफ्ना […]

उम्मेदवारलाई लिङ्देनको निर्देशन : भ्रष्टाचार र बेइमानी नगर्नुस्

१३ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई भ्रष्टचार र बेइमानी नगर्न आग्रह गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानीय तहका उम्मेदवारलाई मंगलबार पार्टी कार्यालयमा बोलाएर उनले भ्रष्टाचार र बेइमानी गर्दिन भनेर मानसिक रुपमा तयार हुन निर्देशन दिएका हुन् । यो चुनावलाई राप्रपाले आफ्नो शक्ति देखाउने […]

माधव नेपाललाई को को बाट बेइमानी र धोका

काठमाडौं, ८ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि बेइमानी र धोकाधडी भएको भन्दै असन्तुष्टि जनाए । मध्यराति चन्द्रागिरीबाट ट्वीट गर्दै नेपालले नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवं धोकाधडी भएको बताए । भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेसहित विगतमा आफ्नो पक्षमा रहेका नेताहरु एमालेमै रहने निर्णयमा पुगेपछि माधव नेपालले कडा […]

लुम्बिनीका विपक्षी नेता भन्छन्- सरकारले बेइमानी गर्‍यो

१ साउन, बुटवल । सरकारले प्रदेश सभाबाट बजेट पारित गर्न नसकेपछि मध्यरातमा लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गराएको छ । यो कदमलाई विपक्षी दलका नेताहरुले सरकारले गरेको ‘राजनीतिक बेइमानी’ भनेर टिप्पणी गरेका छन् । सहमतिका लागि दलहरुबीच छलफल गर्न भन्दै समय मागेको सत्ता पक्षले मध्यरातमा चालु अधिवेशन अन्त्य गर्नु राजनीतिक बेइमानी भएको विपक्षी दलहरुको […]

उपेन्द्र यादवले मधेशका जनतामाथि बेइमानी गरे : जसपा नेता शाह

काठमाडौँ। जसपाका नेता प्रमोद शाहले उपेन्द्र यादवले मधेशमाथि बेइमानी गरेको आरोप लगाएका छन्। आज देखापढीसँग कुरा गर्दे शाहले भने, “२४ महिना ओली सरकारमा उपप्रधानमन्त्री बनेका उपेन्द्र यादवले जनताका मुद्दा सम्बोधन गर्न केही गरेनन्, यो जनताको मतमाथिको बेइमानी हो।” पार्टीका सांसद्हरूलाई निलम्बन गर्ने अधिकार कसै व्यक्तिको नभएर पार्टीको मात्र हुने भन्दै शाहले यादव समूहले गरेको कारवाही नमान्ने बताएका छन्।

कर्णाली प्रदेशमा बेइमानी गरेर माधव पक्षले अक्षम्य अपराध गरे– अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा केही सांसदले बेइमानी गरेर अक्षम्य अपराध गरेको बताएका छन् । सोमवार बालुवाटारमा जारी पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकको शुरूमा बोल्दै अध्यक्ष ओलीले बेइमानी गर्नेहरूलाई कारवाही हुने बताए । कर्णाली प्रदेशमा पार्टीको निर्णय विपरीत केही सांसदले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।  फ्लोर क्रस गर्ने सांसदलाई कारवाही प्रक्रिया अगाडि बढिसकेको छ । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री...