भरतपुरको १४०३० मतपत्र गणना सकियो, विजय नै अगाडि

भरतपुर महानगरपालिकामा १४०३० मतपत्र गणना सकिएको छ । प्राप्त मत परिणामअनुसार मेयर पदमा एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन् । विजय सुवेदीले ४७५७ मत पाउँदा माओवादी केन्द्रकी रेनु दाहालले ४७०३ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार  जगन्नाथ पौडेलले  २१३१ मत पाएका छन्।  उप मेयरमा काँग्रेसका  चित्रसेन अधिकारी ले ५५९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले  ३७८९ मत पाएकी छन् ।