एमाले सरकारका राजनीतिक नियुक्ति धरापमा, हटाउन धमाधम स्पष्टीकरण

हेटौँडाः वाग्मती प्रदेशमा अघिल्लो नेकपा (एमाले) नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति धरापमा परेका छन्। वर्तमान गठबन्धन सरकार निर्माण भएसँगै राजनीतिक नियुक्तिका पदमा रहेकालाई हटाउन सरकार आक्रामक बनेको छ। स्वतः पद त्याग नगरेपछि सरकारले हटाउने कसरतमा लागेको हो। मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले धमाधम नियुक्ति खारेजीका लागि स्पष्टीकरण प्रक्रिया अघि बढाएको…