काठमाण्डाै - नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आजदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ । बन्द सत्रले प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ वटा समूह बनाएको छ । काठमाण्डौको प्रज्ञा भवनमा हिजो अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक दस्ताबेज प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफलका लागि गठन भएका समूहले विभिन्न ठाउँमा बसेर छलफल गर्दैछन् । समूह एकमा ज्येष्ठ कम्युनिस्ट मञ्च रहेको छ । यो समूहलाई प्रज्ञा भवन सभाको मुख्य भागमा छलफलको ठाउँ...