तोकिएकै मितिमा निर्वाचन गर्न पत्रकार महासंघको आग्रह

नेपाल पत्रकार महासंघले संक्रमणकालीन राजनीतिको अन्त्य गर्दै संविधान कार्यान्वयन गर्न संघ र प्रदेशको निर्वाचन घोषित मितिमै सम्पन्न गर्न आग्रह गरेको छ । काभ्रेको धुलिखेलमा सम्पन्न केन्द्रीय समितिको बैठकले निर्वाचन सम्पन्न गर्ने अवधिसम्म राजनीतिक दलहरु एकताबद्ध भएर संविधान कार्यान्वयनमा अग्रसर हुन आग्रह गरेको महासचिव रमेश विष्टले जानकारी दिए ।