२५५ औं सिन्धुलीगढी विजयोत्सव मनाइँदै

सिन्धुली । वीर गोर्खालीहरुले अंग्रेज फौजलाई परास्त पारेको सम्झनामा स्थानीय बासिन्दाहरुको उपस्थितिमा जिल्लामा अवस्थित ऐतिहासिक सिन्धुलीगढीमा आज बिहीबार २५५ औं विजयोत्सव मनाईने भएको छ । जिल्लाको कमलामाई नगरपालिकामा अवस्थित ऐतिहासिक विजय किल्ला सिन्धुलीगढीमा कमलामाई नगरपालिकाद्वारा आयोजित सो कार्यक्रममा झण्डोत्तोलन, सिन्धुलीगडीको युद्धमा रगत पसिना बगाउने सबै वीरयोद्धाहरुको सम्झनामा सलामी अर्पण लगायतका कार्यक्रम गरिने भएको हो । […]

सम्बन्धित सामग्री

अंग्रेजविरुद्धको युद्धमा विजय प्राप्त सम्झनामा सिन्धुलीगढी विजयोत्सव मनाइँदै

काठमाडौं : अंग्रेजविरुद्धको युद्धमा विजय प्राप्त गरेको दिनको सम्झनामा आज २५४ औ सिन्धुलीगढि विजयोत्सव मनाइँदैछ। सिन्धुलीको कमलामाई नगरपालिकाले विजयोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दैछ। आज कमलामाई नगरपालिका निमार्ण गरिएको पार्कको उद्घाटन र गढीमा विजय उत्सवको कार्यक्रम हुने नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले जानकारी दिइन्।  सिन्धुलीगढि पुनर्निर्माणका लागि विशेष योगदान दिने पूर्व रक्षामन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई विजयोत्सव कार्यक्रमको प्रमुख अतिथिका र

सिन्धुलीगढी विजयोत्सव मनाइँदै

सिन्धुली - सिन्धुली यहाँको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ ।  विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो । नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोनाको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीगढी विजयोत्सव भव्यताक...