वन उपभोक्ताद्वारा सःमिल तथा फर्निचर उद्योग सञ्चालन

लालझाडी सामुदायिक वन उपभोक्ता समूहले ३६ लाख रुपैयाँको लागतमा सःमिल तथा फर्निचर उद्योग सञ्चालनमा ल्याएको छ । लालझाडी गाउँपालिकाको १४ लाख, पश्चिम तराई भूपरिधी संरक्षण परियोजनाको १४ लाख र समूहको ८ लाख लगानीमा सःमिल तथा फर्निचर उद्योग स्थापना गरिएको समूहका अध्यक्ष अमर रानाले बताए । उनले सःमिल तथा फर्निचर उद्योगले स्थानीय उपभोक्ताको चिरान मूल्य घटाउने बताए ।

सम्बन्धित सामग्री

भारतीय घुमन्ते कामदारले फर्निचर व्यवसायी मारमा

-भुवन कार्कीस्थानीय फर्निचर व्यवसायीले नेपालमा बसेर काठको काम गर्ने भारतीय काष्ठ व्यवसायीलाई करको दायरामा ल्याउनुपर्ने बताएका छन् । भारतीय काष्ठ व्यवसायी तथा कामदारहरूले बिना दर्ता फर्निचर उद्योग सञ्चालन गरेको भन्दै उनीहरुले दर्ता बिना सञ्चालिन उद्योगलाई करको दायरामा ल्याउन माग गरेका छन् ।भारतीय कामदारले बिना दर्ता सामान्य पसल खोल्ने र घरघरमै गएर सस्तोमा काठको काम गरिदिने गर्दा राज्यलाई कर तिरेर नेपालीले खोलेका फर्निचर उद्योग उनीहरुसँग प्रतिस्पर्धामा उत्रन नसक्ने अवस्था सिर्जना भएको स्थानीय उद्य

लघु जलविद्युत् बन्द हुँदा ४०० घरपरिवार अन्धकारमा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघु जलविद्युत् परियोजना बन्द भएको छ । दाजुङखोला लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको उक्त परियोजना बन्द हुँदा करीब ४०० घरपरिवारको दिनचर्या कष्टकर बनेको छ । च्युरीबोटस्थित विद्युत्गृहमा रहेको टर्वाइनको बेरिङमा खराबी आएपछि यही असोज १४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको सहकारीका अध्यक्ष नन्दबहादुर घर्तीले बताए । सो परियोजनाको विद्युत् च्युरीबोट, ओखरबोट, महभिर, छाप, खतेन गाउँका ३९३ घरधुरीले उपभोग गरेका थिए । विद्युत् अभावमा उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने अवस्था आएको छ । सर्वसाधारणलाई साँझ र रातको समयमा घरायसी कामकाज गर्न, बालबालिकालाई अध्ययन गर्न तथा विद्युत्बाट मिल, फर्निचर उद्योग सञ्चालन गर्न समस्या भएको छ । सहकारीका अध्यक्ष घर्तीले बुटवलबाट अर्काे बेरिङ ल्याउनुपर्ने भएकाले परियोजना मर्मतका लागि केही समय लाग्ने बताए । आर्थिक अभावका कारण नयाँ बेरिङ खरीद र ढुवानी गर्न समस्या भएको उनको भनाइ छ । रासस

कोरोनाको कारण सल्यानका करीब १ हजार ४०० उद्योग बन्द

जेठ ३०, सल्यान । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सल्यानका झण्डै १ हजार ४०० उद्योग बन्द भएका छन् ।  जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण जिल्लामा रहेका घरेलु तथा साना गरेर झण्डै १ हजार ४०० उद्योग बन्द भएका हुन् ।  जिल्लामा घरेलु तथा साना उद्योगका रूपमा सञ्चालित फर्निचर, ग्रिल, गार्मेन्ट, टिमुर, अदुवा प्रशोधन उद्योग, बुटिक, सिलाइकटाइ लगायतका उद्योग ठप्प भएका हुन् । बन्गाडकुपिण्डे नगरपालिका–९ सेराका पूर्णबहादुर बुढाथोकीले गाउँमै पाँच वर्षदेखि टिमुर बेसार र अदुवा प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । वार्षिक झन्डै ३० हजार प्याकेट मसला उत्पादन गर्दै आएको उद्योग विगत केही महीनायता बन्द रहेको छ ।  कोरोनाका कारण गत वर्ष पनि मुस्किलले ६ महीना चलेको उद्योग राम्ररी नफस्टाउँदै फेरि बन्द गर्नुपरेको उनको भनाइ छ । प्रशोधन उद्योग बन्द हुँदा किसानले उत्पादन गरेका सामग्रीहरू घरमै थन्किएको बुढाथोकीले बताए । महामारीले फर्निचर उद्योग बन्द हुँदा व्यवसाय नै धरापमा परेको कालीमाटी गाउँपालिका–३ का महेश भण्डारीले बताए । उनले गाउँमा फर्निचर उद्योग सञ्चालन गरी मासिक ५० हजार रुपैयाँसम्म कमाइ गर्दै आएका थिए । शारदा नगरपालिका–१ श्रीनगरमा सञ्चालन गरिएको भण्डारी गार्मेन्ट पनि दुई महीनादेखि बन्द छ । उद्योग बन्द भएपछि मासिक ३ लाख रुपैयाँ घाटा सहनु परेको गार्मेन्टका सञ्चालक वीरेन्द्र भण्डारीले बताए । ‘अब त बैंकको ब्याज तिर्न पनि समस्या भयो,’ उनले भने, ‘उद्योगमा ताला लाग्दा कर्मचारी र परिवार पाल्न हम्मेहम्मे परेको छ ।’ कोरोनाका कारण गत वर्ष पनि मुस्किलले ६ महीना चलेको उद्योग राम्ररी नफस्टाउँदै फेरि बन्द गर्नुपरेको उनले गुनासो गरे । उद्योग बन्द भएपछि उत्पादित सामग्री थन्क्याउनु पर्ने बाध्यता भएको सदरमुकामस्थित खैराबाङी फर्निचर उद्योगका सञ्चालक राजु गौतमले बताए । उनका अनुसार दुई महीना उद्योग बन्द हुँदा झन्डै ७ लाख रुपैयाँको घाटा भएको छ । ‘पुरानै गतिमा उद्योग चलाउन निषेधाज्ञा खुले पनि चार/पाँच महीना पर्खिनुपर्छ,’ उनले भने, ‘कच्चा पदार्थ काम नलाग्ने अवस्थामा पुगेको छ ।’  उनले सदरमुकामका चार विषयगत कार्यालयका लागि निर्माण गरिएका फर्निचर उद्योगमै थन्किएको बताए । जिल्लामा रहेका उद्योग बन्द हुँदा झन्डै २ हजार ५०० मजदूरको रोजगारी गुमेको छ ।