नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने बताएका छन् । तनहुँको भानु नगरपालिका–१३ खड्कागाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धन आवश्यक रहेको र त्यसको निर्णय स्थानीयस्तरको आवश्यकताका आधारमा हुने बताए । अहिलेको अवस्थामा कांग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको पौडेलको भनाइ थियो । “कांग्रेस जम्मा ३० प्रतिशत थियो, ७० प्रतिशत कम्युनिष्ट छन्, कम्युनिष्टसँग लड्नका लागि पनि गठबन्धन आवश्यक