पीडितमैत्री ऐन बनाउन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको माग

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित मैत्री हुने गरी ऐन संशोधन गर्न र राहत पाउन बाँकी पीडितहरुलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै आयोगका सदस्य एवं प्रवक्ता डा.गंगाधर अधिकारीले आयोगको सुझाव बमोजिम पीडित मैत्री हुने गरी ऐन संशोधनको प्रकृया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।आयोगले बेपत्ता पीडित परिवार, सरोकारवाला व्यक्ति, संघ संस्थाहरूसँग पनि आयोगको कार्यसम्पादनमा सदाको जस्तै साथ