काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कं. लि. बीच औपचारिक रूपमा सम्झौता भएको छ । सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्...