भारतको सर्वोच्च अदालत विवादमा मेडिकल कलेजदेखि मोदी सरकारका मुद्दासम्म

भारतको सर्वोच्च अदालतका चार न्यायाधीशले पहिलो पटक प्रधानन्यायाधीशको विरोध गर्दै पत्रकार सम्मेलन आयोजना गरेका छन्। प्रधानन्यायाधीश दीपक मिश्रको कामप्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजधानी नयाँ दिल्लीमा पत्रकार सम्मेलन गरेका हुन्। उनीहरुले प्रधानन्यायाधीश मिश्रलाई सात पेज लामो चिठी लेखेर आफ्ना असन्तुष्टि व्यक्त गरेका छन्। चिठीमा ५ विषयलाई प्रमुखताका साथ उठाएको छ। १) सबै महत्वपूर्ण मुद्दाहरु प्रधानन्यायाधीशसहितको इजलासले…