थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठका अनुसार त्यहाँ गएको एक सातामा मात्रै १०६ जना कोरोना सङ्क्रमित सुत्केरीले सेवा लिएका छन् । यसरी पछिल्लो समय अस्पतालमा सुत्केरी गराउन पुग्नेमध्ये धेरैजनालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । अस्पतालमा नियमित जाँच गर्न जाने गर्भवती र सुत्केरी गराउन पुग्नेमा कोरोना सङ्क्रमण दर निकै बढेको उपत्यकाका अस्पताल स्रोतले जनाएका छन् । प्रसूति गृहले कोभिड वार्ड बन्द गरेको थियो । कोरोनाको तेस्रो लहर सुरु भएपछि ३ माघबाट कोभि