रानीबारीस्थित आसरा सुधार केन्द्रमा अहिले १ सय १९ जना सेवनकर्ता ड्रग्स छाड्ने अभ्यास गरिरहेका छन् । आसरामा सबैभन्दा धेरै मानिस मदिराको लत सुधार्न धाउने गरेका छन् । सबैभन्दा धेरै ‘मदिरा सेवनकर्ता’हरू उपचार गराउन आउने गरेको सुधार केन्द्रका क्याम्प कमाण्डेन्ट इन्स्पेक्टर मदन केसीले रातोपाटीलाई बताए । मदिरापछि ब्राउन सुगर, गाँजा, इन्जेक्सन र ट्याब्लेट प्रयोगकर्ताहरूलाई परिवारले सुधार केन्द्रमा राख्ने गरेका छन् । आइस ड्रग्स र खोकीको औषधी सेवनकर्ताहरू थोरै सङ्ख्यामा सुधार केन्द्रमा जान