अफगानिस्तानमा तालिवानी लडाकुहरुले कन्दहर शहरको केन्द्रीय कारागार कब्जामा लिएका छन् । स्थानीय सुरक्षा स्रोतका अनुसार त्यहाँ तालिवानले सयौं बन्दीहरुलाई रिहा गरेको छ ।‘यसअघि तालिवानले २००८ र २०११ मा पनि कन्दहर जेल कब्जा गरेको थियो । त्यतिबेला पनि सयौं बन्दीहरु भागेका थिए,’ स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले लेखेको छ ।तालिवानले अहिलेकै गतिमा शहरहरु कब्जा गर्दै गएमा आगामी ९० दिनभित्र अफगानिस्तानको राजधानी काबुल समेत कब्जा गरिसक्ने अमेरिकी गुप्तचरहरुको अनुमान छ ।