भाषा आयोगले हालै गण्डकी प्रदेशमा सरकारी कामकाजका लागि भनेर नेपाली, मगर, गुरुङ, भोजपुरी र थारू भाषालाई क्रमबद्ध रूपमा सिफारिस गर्यो । लगत्तै थारू समुदाय आन्दोलित भयो । देशभरिका थारूहरूको भाषा विगतका जनगणनामा भूगोल हेरीकन भोजपुरी, मैथिली वा अवधीका रूपमा समेत गणना हुने गरेको थियो ।