व्यास भूमिमा एक महिने हिन्दू महामिलन पर्व सुरु

व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दू महामिलन पर्व सुरु भएको छ । अठाइसौँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व मङ्गलबारदेखि सुरु भएको हो । महामिलन पर्वको उद्घाटन गर्दै विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले व्यासको भूमिलाई विश्वमाझ परिचित गराउन सबैको पहल आवश्यक रहेको चर्चा