बाइडन ह्वाइट हाउसले यस वर्षको क्रिसमस ट्रीका लागि १ लाख ३० हजार डलर खर्च गरेपछि चर्को आलोचना भएको छ ।
अमेरिकामा महंगी दिनदिनै बढ्दै गएर जनता हायलकायल भएको बेलामा ह्वाइट हाउसले क्रिसमस समारोहका लागि थप १ लाख ७१ हजार डलर खर्च गर्ने भएको छ ।
संघीय सरकारले यस वर्षको क्रिसमस समारोह निकै भव्य रूपमा मनाउने व्यापक तयारी गरिरहेको छ । क्रिसमस ट्रीमा बत्ती बाल्नेदेखि विभिन्न कलाकारहरूलाई गीत गाउन लगाउनेसम्मका आयोजना गरिनेछ ।
पोहोर साल कोभिडका कारण क्रिसमस समारोह भर्चुअल माध्यमबाट मनाइएको थियो भने यसपटक पहि...