कोठामा पसेको बाँदर धपाउन खोज्दा छतबाट लडेर मृत्यु

रुपन्देही – बुटवलमा बाँदर धपाउने क्रममा लडेर एकजनाको ज्यान गएको छ । बुटवल उप महानगरपालिका – ५ मा रहेको कृषि उपज तथा थोक बजार केन्द्रमा काम गर्ने मजदुरको बाँदर धपाउने क्रममा छतबाट खसेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाँधर धपाउने क्रममा धनकुटा जिल्ला घर भएका कमल मगरको मृत्यु भएको हो ...