बेत्रावती हाइड्रोले ५६ लाख रुपैयाँ बक्यौता अझै तिरेन

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकामा निर्माण भइरहेको फलाखुखोला जलविद्युत् आयोजनाको २८ महिनादेखि विद्युत् महसुल भुक्तानी भएको छैन । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुुसार आयोजना निर्माण गरिरहेको   बेत्रावती हाइड्रोपावर कम्पनीले २०७६ मङ्सिरदेखि विद्युत् महसुल भुक्तानी गरेको छैन । कम्पनीले ५५ लाख ९५ हजार तीन सय १९ रुपैयाँ महसुल तिर्न बाँकी छ ।  कम्पनीले चार वटा टड मिटर राखेर आयोजनामा काम गरिरहेको थियो । ६ महिनाअघि आयोजना निर्माणस्थलमा पुग्दा निर्माण कार्य नभएको पाइएको केन्द्रका प्रशासन प्रमुख...

सम्बन्धित सामग्री

नगरपालिकाले नै तिरेन विद्युत महशुल, प्राधिकरणले काटिदियो विद्युत लाइन

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिदिएको छ। राजविराज नगरपालिकको जरिवानाबाहेक १६ लाख रुपैयाँ विद्युत महशुल नबुझाएपछि विद्युत लाई प्राधिकरणले काटिदिएको हो। “प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमासमेत जानकारी गराउँदा नगरपालिकाले बेवास्ता गरेकाले बाध्य भएर लाइन काट्नुपरेको छ, बक्यौता महसुल नबुझाएसम्म लाइन जोडिँदैन,” वितरण केन्द्र राजविराजका प्रमुख आमोदप्रसाद यादवले जानकारी दिए।

सौर्य एयरलाइन्सले बक्यौता रकम तिरेन

धनगढीबाट उडान भरिरहेको सौर्य एरलाइन्सले बक्यौता रकम बुझाएको छैन । केही महिनाअघि निरन्तर उडान भरिरहेको सौर्य एयरलाइन्सले धनगढी विमान स्थललाई बक्यौता रकम नबुझाउँदा उडान भर्न सकेको छैन । सौर्य एयरलाइन्सले धनगढी विमानस्थललाई मोटोमोटी ३ लाख रुपैयाँ बक्यौता रकम बुझाउँन बाँकी छ । धनगढी विमान स्थललले सौर्य एयरलाइन्सको केन्द्रीय कार्यालयलाई बक्यौता रकमका लागि ताकेताका लागि निवेदन पठाइसकेको जानकारी दिएको छ । विमान स्थलबाट साउन महिनादेखि उडान भर्न सुरु गरेको सौर्य एयरलाइन्स केही महिना नपुग्दै धनगढी–काठमाडौं उडान भर्न बन्द भएको हो ।