काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तामान सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले उल्लेख्य काम गरेकोले सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।
सरकारले सबै पक्षसँग छलफल गर्न तयार रहेको भन्दै उहाँले औचित्य र आवश्यकताको आधारमा संविधान संशाेधन गर्न आफू तयार रहेको बताउनुभयो । अब विभाजनको राजनीति समाप्त भइसकेको भन्दै उहाँले देशको सार्वभौमसत्ता, स्वाधीनता भौगोलिक अखण्डतामा अब...