निर्धारित समय भन्दा एक दिन ढिलो गरी चर्चित सद्गुरु हुम्लाको सदरमुकाम सिमकोट आई पुग्नुभएको छ । मानसरोवर कैलाशको दर्शन नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल मार्गबाट दर्शन गर्न उहाँ हुम्ला आई पुग्नु भएको हो ।
खराब मौसमको कारण हेलिकोप्टरले उडान भर्न नसक्दा एक दिन ढिलो गरी सद्गुरु हुम्ला आई पुग्नु भएको पर्यटन व्यवसायी विजय लामाले बताउनुभयो । उहाँ आजै काठमाडौँबाट नेपालगंज र नेपालगंजबाट पसमकोट हवाई जहाजमा आई पुग्नु भएको हो ।