काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेको छ । सर्वोच्चको आदेशबाट थापा नेतृत्वको कोशी सरकार फेरि विघटन भएको छ । बराबरी मत भएको अवस्थामा बाहेक मत दिन नपाउने भनी संवैधानिक रूपमै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि त्यसलाई बदर गर्न माग गर्दै एमाले […]
विराटनगर- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत रद्द गरिदिएकाे छ । थापाले प्राप्त गरेको विश्वासको मत रद्द भएसँगै मुख्यमन्त्री थापा पदमुक्त भएका छन् ।
बिहीबार सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुडाल र डा.नहकुल सुवेदी रहेको पूर्ण इजलासमा तीन दिन बहस भएपश्चात फैसला ...
काठमाडौं, ७ भदौ । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत माथि प्रश्न उठाउँदै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत बहादुर कार्कीले रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालसमा उक्त मुद्दाको सुनुवाई परेको थियो । […]
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सहमतिबाट बैठक अघि बढ्ने दाबी गरेका छन्।सभामुखले संविधानको ठाडो उल्लंघन गरेको भन्दै राप्रपा र एमाले नाराबाजी गर्दै सदनबाट बाहिरिएका थिए। सरकार ढाल्ने र जोगाउने प्रतिस्पर्धाको चेपुवामा परेको प्रदेशसभा अर्को सूचना नआएसम्म स्थगित भएको छ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सभाध्यक्षको कुर्सीमा बसेर संविधानविपरीत विश्वासको मत दिएको भन्दै विपक्षी दल राप्रपा र नेकपा एमालेले बैठक बहिष्कार गरेपछि सदन स्थगित भएको हो।विपक्षी दलका सांसदहरू बाहिरिएप
४ भदौ, विराटनगर । मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको बताए । यो घटना वैधानिक हो वा होइन उपसभामुखले जवाफ दिनुपर्ने बताए । सोमबार मुख्यमन्त्री थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सभाको अध्यक्षता गरिरहेका कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल अन्सारीले पनि पक्षमा मतदान गरेका थिए । प्रदेशसभाबाट थापाले विश्वासको मत […]
विराटनगर, २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को सयममा जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील रहेको उनले बताए । उनले मौसमको प्रारम्भसँगै […]
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताउनुभयो । नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा बनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई …
२३ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता र छलफल अघि बढाउने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री थापाले अघिल्लो सरकारले सुरु गरेको वार्तालाई निरन्तरता दिने बताए । उनले अघि भने, ‘पहिचानको आन्दोलनलाई नजरअन्दाज गर्नुहुँदैन । वार्ता कमिटी गठन गरेर पहिचानको मुद्दालाई सम्बोधन गर्न […]