जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताएका छन् । उनले फुटेर नभई जुटेर चुनावमा जानका लागि समेत लोसपालाई सुझाए । यादवले पाँच दलीय गठबन्धनमा सहभागी भएमा लोसपालाई स्वागत गर्ने पनि बताएका छन् । उनले चुनाव अघि नागरिकता विधेयक पारित गरि सजहरुपमा नागरिकता वितरणको व्यवस्था गर्न माग गरे । मधेस प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई पुनःनिर्धारण गर्न पनि यादवले