बैतडीमा जनगणना गर्न गणक खटिए

बैतडी : राष्ट्रिय जनगणना २०७८ का लागि बैतडीमा आजदेखि गणक खटिएका छन्। कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने मूल गणनाको सम्पूर्ण तयारी पूरा गरी आजदेखि गणकहरू खटाइएका हुन्।यसअघि नै छनौट भएका ३ सय १५ जना गणक र ८० जना सुपरीपेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनले भने, ‘फिल्डमा खटिएका गणकलाई आज र भोलि सुपरीवेक्षकले कार्यक्षेत्र देखाउने काम गर्नेछन्। यसअघि नै उनीहरूको कार्यक्षेत्र निर्धारण गरिसकेका छौँ।’गणकले जनगणनाका वेला गर्नु