बागलुङमा एक वर्षमा ६६ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका

जिल्ला अदालत बागलुङमा आर्थिक वर्ष २०७९/८० मा ५ सय ७५ मुद्दा दर्ता भएका छन् । तीमध्ये ३ सय ८१ मुद्दा सम्बन्ध विच्छेदका मुद्दा छन् । उक्त संख्या ६६ प्रतिशत हो । जिम्मेवारी सरेकोसहित अदालतले गत आव २०७९/८० मा ७ सय ५१ वटा मुद्दा फर्स्यौट गर्दा सम्बन्ध विच्छेदका मात्रै ३ सय ८१ वटा फर्स्यौट गरेको छ । उक्त संख्या कुल मुद्दाको ५१ प्रतिशत हो ।

सम्बन्धित सामग्री

जिल्ला अदालत बागलुङ : १ करोड ८६ लाख बढी जरिवाना उठ्न बाँकी

साउन १९, बागलुङ । जिल्ला अदालत बागलुङले फैसला कार्यान्वयन गरी जरिवाना तोकिएको १ करोड ८६ लाख भन्दा बढी उठान बाँकी रहेको जानकारी दिएको छ ।  अदालतले आर्थिक वर्ष २०७७/०७८ मा ७० लाख ४६ हजार ९६८ रुपैयाँ संकलन भएको र १ करोड ८६ लाख २३ हजार ७६३ रुपैय ५० पैसा उठाउन बाँकी रहेको जानकारी दिएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेले आव २०७६/०७७ बाट १ करोड ४ लाख ८६६ रुपैयाँ ७५ पैसा जिम्मेवारी सरेर आएको र आव २०७७/०७८ मा १ करोड ५२ लाख ६९ हजार ८६४ रुपैयाँ ७५ पैसा नयाँ दण्ड जरिवाना भइ कुल २ करोड ५६ लाख ७० हजार ७ सय ३१ रुपैयाँ ५० पैसा जरिवाना रहेको थियो ।  अदालतले आव २०७७/०७८ मा २४ लाख ८० हजार रुपैयाँ जरिवाना फर्छ्यौट गर्ने लक्ष्य लिएपनि ७० लाख ४६ हजार ७६८ रुपैयाँ जरिवाना संकलन गरिएको न्यायाधीश न्यौपानेले बताए । अदाललते आर्थिक वर्ष २०७८/०७९ मा ६८ लाख ८१ हजार रुपैयाँ थप हुने र ६३ लाख २२ हजार ५०० रुपैयाँ संकलन गरिने लक्ष्य लिएको न्यायाधीश न्यौपानेले बताए ।  गत आर्थिक वर्षमा अदालतले ३६८ ओटा मुद्दा फर्छ्यौट गरेको छ । कुल ६९९ मुद्दामा ५४२ फैसला लक्ष्य रहेपनि लक्ष्यको ५२ दशमलव ६४ प्रतिशत मुद्दा फर्छ्यौट भएको न्यायाधीश न्यौपानेले बताए । उनले कोभिड–१९ को संक्रमणले लामो समयका मुद्दा हेर्न नसकिएको बताए । ‘बागलुङका पश्चिम भेगका धेरै मुद्दाहरु रहेका छन्,’ न्यायाधिश न्यौपोनले भने ‘लकडाउन र कोरोना महामारीको कारण उनीहरुलाई अदालतमा उपस्थित हुन नसकेकोले धेरै मुद्दा समयमा हेर्न नसकिएको हो ।’ जिल्ला अदालत बागलुङमा १३३ मुद्दा मिलापत्र भएकोमा १२२ थान सम्बन्ध विच्छेदका मुद्दामा मिलापत्र गरेर छुट्टिएको अदालत बागलुङका नायव सुब्बा ऋषिराम रिजालले बताए । गत आव २०७६/७७ बाट सम्बन्ध विच्छेदका ७२ मुद्दा जिम्मेवारी सरेर आएकोमा आव २०७७/०७८ मा ५८ मुद्दा फर्छ्यौट भएको छ । १४ ओटा मुद्दा अझै बाँकी रहेका छन् । बाल यौन दुरुपयोगमा ४ ओटा मुद्दा परेकोमा ४ ओटै फैसला भएको छ । आत्महत्या दुरुत्साहनमा ५ मुद्दा दर्ता भएकोमा ४ मुद्दा फैसला भएको छ । ज्यान सम्बन्धी मुद्दामा २४ मुद्दा दर्ता भएकोमा ६ ओटा मात्रै फैसला भएको र १८ ओटा बाँकी रहेको अदालतले जानकारी दिएको छ ।  विभिन्न चोरीका १७ मुद्दा रहेकोमा १६ फैसला भएको छ । लागु औषध सम्बन्धी १९ मुद्दामध्ये ७ ओटा मात्रै फैसला भएको छ । यस्तै बोक्सी सम्बन्धी आरोपमा एउटा मुद्दा परेकोमा मिलापत्रमा टुंगिएको छ ।  घरेलु हिंसा सम्बन्धी ८ ओटा मुद्दा परेकोमा सबै मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश जारी भएको छ । वैवाहिक जबरजस्ती करणी दुई मुद्दामध्ये दुई ओटैको फैसला भएको नायव सुब्बा रिजालले बताए । नावालक प्रतिवादी भएका १९ मध्ये ७ मात्रै टुंगिएको छ । पीडित बालबालिका भएका २२ मुद्दामध्ये १२ ओटा फर्छ्यौट भएको छ । कसुर ठहर भई सजाय निर्धारण भएका ३७ मुद्दामध्ये ३७ नै फर्छ्यौट भएको अदालतले जानकारी दिएको छ । निरन्तर सुनुवाई भएका ५७ मुद्दामध्ये ३२ ओटा फर्छ्यौट भएको छ । थुनुवा मुद्दा संख्या ९६ मा ६४ फर्छ्यौट भएपछि ३३ मुद्दा बाँकी रहेका छन् ।