मोटरसाइकल चढेको भाडा आधा सस्तियो

सिमकोट – सर्केगार्ड र चंखेली गाउँपालिकाका क्षेत्रमा कर्णाली करिडोर र ग्रामीण सडकमा मोटरसाइकलमा यात्रा गर्दा यसअघिको भन्दा भाडादर आधा सस्तो भएको छ। छोटो दूरीमा मोटरसाइकलमा यात्रा गर्दा चर्को भाडा लिको भन्दै सबैतिर विरोध भएपछि मोटरसाइकल चालक भाडा घटाउन बाध्य भएका हुन्। सर्केगार्ड र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लाबाट सर्केगार्डमा मोटरसाइकल चढ्दै आएका यात्रु जुनबहादुर सिंहले पहिलेभन्दा […]

सम्बन्धित सामग्री

१७ मोटरसाइकल चालकमाथि कारबाही

निजी प्रयोजनका लागि दर्ता भएर भाडामा यात्रु बोक्ने १७ मोटरसाइकल चालकलाई प्रहरीले कारबाही गरेको छ । पाइएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निजी प्रयोजनमा दर्ता भई भाडा लिई यात्रु बोक्ने गरेको पाइएपछि १७ वटा मोटरसाइकलका चालकलाई कारबाही गरेको हो ।

नौ किमि सडकमा मोटरसाइकल चढेको भाडा एक हजार !

सिमकोट – राष्ट्रिय सडक सञ्चाल जोडिएको दक्षिणी हुम्लामा नौ किमि सडकमा मोटरसाइकल चढेको एक हजार रुपैयाँ भाडा लिने गरेको पाइएको छ। सर्केगार्ड गाउँपालिकाको केन्द्रबाट चंखेली गाउँपालिकाको सलीसल्लासम्म यात्रुुले मोटरसाइकल चढ्दा उक्त भाडादर तिर्नुपरेको हो। सर्केगार्डबाट सलीसल्ला मोटरसाइकलमा यात्रा गरेका पवन बुुढाले मोटरसाइकलवालाले मनलाग्दो भाडा लिने गरेको बताए। जबकि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकबाट निर्णय गरी […]

नौ किलोमिटरको भाडा एक हजार

राष्ट्रिय सडक सञ्जालमा जोडिएको दक्षिणी हुम्लामा नौ किलोमिटर सडकमा मोटरसाइकल चढेको एक हजार रुपियाँ भाडा लिने गरेको पाइएको छ। सर्केगार्ड गाउँपालिकाको केन्द्रदेखि चङ्खेली गाउँपालिकाको सलीसल्लासम्म यात्रुले मोटरसाइकल चढ्दा उक्त भाडादर तिर्नुपरेको छ। मोटरसाइकलवालाले आफूले तोकेको भाडा नदिए नजाने जवाफ दिने हुँदा यात्रुले बाध्य भएर चर्को भाडा तिर्नुपरेको हो।

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं।संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ।एन्फाको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न हुँदै छ।मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली जडान सम्पन्न गरिएको छ।व्यवसायीहरुले आफैँ १५ प्रतिशत गाडी भाडा बढाएका छन् र सिन्धुलीमा मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ।

एपमै भाडा बार्गेनिङ गरेर चढ्न पाइने मोटरसाइकल र ट्याक्सी सेवा

काठमाडौं । अन्तराष्ट्रिय राइड हेलिङ सेवा ‘इन-ड्राइभर’ले काठमाडौंमा आधिकारीक सेवा सुरु गरेको छ । यसअघि यसको सेवा उपलब्ध भएपनि आधिकारीक आरम्भ भने भएको थिएन । ‘इन-ड्राइभर’मा रियल टाइम डिल्स (आरटीडी) मोडल मार्फत यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर प्राप्त गर्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । […]

वाग्मतीमा ‘मोटरसाइकल र स्कुटर’ ट्याक्सी दर्ता गर्न नयाँ कानुन बन्दै

काठमाडौं । वाग्मती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटर ट्याक्सी सेवालाई व्यवस्थित गर्न भन्दै कानुन निर्माण गर्ने भएको छ । त्यसको लागि प्रदेश सरकारले काम अगाडि बढाउन लागेको हो । वाग्मती प्रदेशमा टुटल, पठाओ लगायतका एक दर्जन बढी ‘राइडिङ सेयरिङ’ कम्पनीले मोटरसाइकल तथा स्कुटरमा भाडा लिएर मानिस बोक्न थालेको लामो समयपछि प्रदेश सरकारले कानुन निर्माण गर्न […]

ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व, बढी भाडा असुल्ने सवारीमाथि कारवाही तीव्र

साउन ६, वीरगञ्ज । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/ ७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।  गत आवमा सवारी नियम उललंघन गर्नेलाई कारवाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।  भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।  चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । बितेको १ वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढी सर्वसाधारणको सहभागिता रहेको पनि जैसवारले बताए ।  ट्राफिक प्रहरीले गत आवमा १०६ ओटा चोरी तथा भन्सार छलीका सवारी साधन पक्राउ गरेर कारवाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । ७८ ओटा मोटरसाइकल, २४ ओटा जीपकार, ३ ओटा डीजे रथ र एउटा टयाक्टर समातिएको श्रेष्ठले बताए ।  कारवाहीका लागि पठाइएका यस्ता सवारी साधनको अनुमानित मूल्य २ करोड १० लाख ६१ हजार रुपैयाँ रहेको ट्राफिक प्रहरीले बताएको छ ।  ३ हजार ९८३ ओटा सवारी दुर्घटना : गत वर्ष प्रदेश २ का ८ ओटा जिल्लामा ३ हजार ९८३ ओटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५२३ जनाको ज्यान गएको छ । सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । ५ हजार ८११ ओटा सवारी साधन ती दुर्घटनामा परेका छन् ।  बढी भाडा असुल्नेलाई कारवाही : चालु आव २०७८/ ७९ को शुरूआतसँगै यात्रुसित बढी भाडा असुल्ने सवारी साधनमाथि कारवाही तीव्र पारेको छ । कोरोना महामारीका कारण सवारीका साधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएकोभन्दा बढी भाडा लिने प्रवृत्ति बढेपछि चेकजाँच तीव्र पारिएको ट्राफिक प्रहरीले बताएको छ ।  प्रदेश ट्राफिकले यही साउनको २ र ४ गते गरेको चेकजाँचका क्रममा ३० ओटा सवारी साधनले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको भेटिएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । सवारी सञ्चालकले लिएको बढी भाडा यात्रुलाई फिर्ता गराइएको पनि उनले बताए । बढी भाडा असुल्ने सवारी साधनलाई जरीवाना तिराएर छोडिएको ट्राफिक प्रहरीले बताएको छ । सरकारले हालै भाडा समायोजनमार्फत अन्तरप्रदेश सवारी भाडादर २८ प्रतिशत र ढुवानीमा २६ प्रतिशतसम्म भाडा बढाएको छ ।

मोटरसाइकल बोकेको भाडा तीस हजार रुपियाँ

सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा मोटरसाइकल बोकेर लैजाने गरिएको छ। मोटरसाइकल चालक नन्द सिंहले नेपालगन्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइकल ल्याइन्छ। त्यस यताको करिब पाँच किलोमिटर क्षेत्रमा मानिसलाई बोकाएर मोटरसाइकल ल्याउनुपर्ने बाध्यता छ।

सात किलोमिटरको भाडा एक हजार

जिल्लाको दक्षिणी क्षेत्रमा सवारीसाधनका रूपमा मोटरसाइकलले यात्रुलाई सेवा दिँदै आएको छ। सर्केगाड र सलीसल्लामा यात्रु बोक्दैआएका मोटरसाइकल चालकले मनोमानी भाडा लिँदैआएका छन्।