काठमाडौं । अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले काठमाडौंको नयाँबानेश्वर विशेषज्ञ क्लिनिक संचालनमा ल्याएका छन् । शनिबार निःशुल्क स्वास्थ्य शिविर र एक समारोहको आयोजना गरेर सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिष्ट (क्याम्स)को औपचारिक शुभारम्भ गरिएको हो । क्लिनिकको अमेरिकाबाटै फर्किएका क्लिनिकका वरिष्ठ संक्रामक रोग विशेषज्ञ प्रा.डा. जनक कोइराला र क्लिनिकका पहिलो विदेशी बिरामी मार्किन लोगेनले संयुक्त रुपमा पानसमा […]