त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवतीलाई प्रहरीले गोलीसहित पक्राउ गरेको छ । सोमबार नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं–क्लालालाम्पुर (मलेसिया) हुँदै जापानको नारिता शहर जान लागेकी युवती विमानस्थलबाट गोलीसहित पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा तनहुँ स्थायी घर भएकी २७ वर्षीया सोबिता नेपाली छन् । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स–रे ‘ए’ मा चेकजाँचको क्रममा उनले बोकेको घ्यु रङको हाते ब्यागभित्र KF 13 5.56 लेखिएको एक राउण्ड