अष्ट्रेलियामा लकडाउन विरुद्धमा प्रदर्शनमा उत्रिएका हजारौँलाई पक्राउ गरिएको छ । देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसङ्ख्या रहेको सहर सिड्नीबाट प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । प्रदर्शनका क्रममा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीका बीचमा झडपसमेत भएको थियो । यहाँ दैनिक सङ्क्रमितको सङ्ख्या बढीरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । न्यु साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर महिनासम्म लकडाउन लागू गर्ने निर्णय गरिसकेको छ । महामारी नियन्त्रणमा आइनस