माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताएर एमालेलाई हराउन माओवादी बाध्य नभएको बताएका छन् । सङ्खुवासभा जिल्लाबाट काँग्रेस र माओवादीले औपचारिक रूपमा गठबन्धन नरहेको घोषणा गरेसँगै नेता आङ्बोले सामाजिक सञ्जालमार्फत आफूहरूको सिद्धान्त काँग्रेसलाई जिताउनै पर्छ भन्ने नरहेको बताएका हुन् । ‘एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन, लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यक