एजेन्सी। यतिखेर दुनियाँ कोरोना संकटमा छ, तर अफ्रिकी देश मडागास्कार भने चरम भोकमरी भोगिरहेको छ। मडागास्कारबासीहरु जंगली झार र कीराफट्यांग्रा खान बाध्य भएका छन्। निरन्तर सुख्खा र तूफानका कारण बालीनाली सखाप भएको छ। विश्व खाद्य संगठन(डब्ल्यूएफपी)ले मडागास्कारका बालबालिकाको जीवन सबैभन्दा बढी खतरामा परेको बताएको छ। पाँच वर्षसम्मका बच्चामा कुपोषणको समस्या चिन्ताजनक स्तरमा पुगेको पनि डब्ल्यूएफपीको टिप्पणी छ।