उत्तरी गोरखामा खाद्य संकटको जोखिम

पहिरोले पैदलमार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा खाद्यान्न संकटको जोखिम बढेको जनप्रतिनिधिहरूले बताएका छन् । असार तेस्रो साता गएको पहिरोका कारण विही, प्रोक, ल्हो र सामागाउँ पुग्ने पैदलमार्ग क्षतिग्रस्त भएको छ । वडा कार्यालयको अगुवामा बाटो मर्मत गरी जेनतेन पैदलयात्रु र पर्यटक आउन थालेका छन् । तर, खच्चड आउजाउ गर्न सक्ने अवस्था छैन ।