केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनमा सुरक्षा कार्ययोजना पेश गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बुधवार मन्त्रालयमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा सरकारले निर्णय भने गरिसकेको छैन । तर, सुरक्षा निकायलाई तयार रहन र आवश्यक सुरक्षा रणानीतिबारे छलफल गर्न बैठक बसेको थियो ।
बैठकमा सीके राउतको जनमत पार्टीले तराईमा गरिरहेका आन्दोलन गतिविधि, नेत्...