गएराति परेको अविरल वर्षा र बाढीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । वर्षापछि काँडाघारी प्रहरी प्रभागसहित वरपरका करिब २ सय घर डुबानमा परेका छन् । बाढीले दुईवटा सुकुम्बासीका छाप्रा बगाएको छ भने प्रहरी प्रभागकै किचन र बाथरुमसमेत बगाएको छ ।